Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सार्वजनिक ऋण विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव संसदमा पेश भएकोमा कोरम नपुगेपछि बैठक नै स्थगित गर्नुपरेको हो ।

प्रस्ताव पारितका लागि ६९ जना सांसद आवश्यक पर्नेमा ६७ जना मात्रै सांसद पुगेका थिए । सभामुख अग्नीप्रसाद सापकोटाले अर्को बैठक साउन ३१ गतेका लागि बोलाएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ५५ बजे