Logo

Breaking News 1

देउवा सरकारका ४२ उपलब्धि : ‘मेक इन नेपाल’देखि ‘महिला पहिला’ कार्यक्रमसम्म



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले आजदेखि एक बर्ष पुरा गरेको छ । यो एक बर्षमा देउवा सरकारले ठुला उपलब्धि हांसिल गर्दै नयाँ दिर्धकालीन कार्यक्रम सार्वजनिक गरेको छ ।

आज बुधबार सरकारले आफ्ना ४१ वटा उपलब्धि सार्वजनिक गर्दै उच्च सफलताको मुल्यांकनमा दर्याएको छ । देउवा सरकारले संविधानलाई लिकमा ल्याएको, विदेश सम्बन्ध राम्रो बनाएको लगायतका उपलब्धिहरु सार्वजनिक गरेको हो ।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एक बर्षमा गरेका केही महत्वपूर्ण कामहरु-

१ -पूर्ववर्ती केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रीक विधि र पद्धतीमा अघि बढाउन सफल ।

२ -स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न ।

३- प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकता हुनेउद्घोषसहित खोप लगाउन योग्य सबै नागरिकलाई पुर्ण खोप दिलाउन सफल ।

४ -कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलयमान बनाउन सफल

५ -सबै मुलुकसँग प्रगाढ सम्वन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अबलम्बन ।

६ आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरूको उपचार व्यवस्था, अंगभंग भएकाहरूलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था ।

७ -गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था
। ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था ।

८- संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगार लगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था ।

८ -क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णय ।

९- अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहात दिने घोषणा ।

१० -युवा विद्यार्थी लक्षित । पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित । महिला पहिला’ कार्यक्रम घोषणा ।

११ -राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन
संयन्त्र निर्माण ।

१२- सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउनेरणनीति तय । नेपाली
उत्पादनलाई प्रोत्साहन दिन मेक इन नेपाल कार्यक्रम घोषणा ।

१३- विभिन्न क्षेत्रका महिलाहरुको माग र आन्दोलनलाई ध्यान दिदै माग अनुसार सेनेटरी प्याडमा बजेट मार्फत भन्साभर छुट
दिने घोषणा ।

१४ -स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम ।

१५ -जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तय ।

१६ -सन्तुलित ।।।नेपाल पहिला’ परराष्ट्र नीति लागु ।

१७ -लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल ।

१८-कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज ।

१९- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई शिघ्रता ।

२०- बाढी, पहिरो, डुबानको क्षतिबाट उद्धार, जनतालाई तत्काल राहात एवं पुर्ननिर्माणका कामहरु चुस्त रुपमा सम्पन्न

२१- द्वन्द्वकालिन घटनामा छानविन, पीडितलाई राहात एवम्परिपुरणका लागि संक्रमणकालिन न्यायिक संयन्त्रको क्रियाशिल ।

२२-अमेरिकी सहयोग सम्बन्धि परियोजना एमसीसी संसदवाट अनुमोदन ।

२३- भूमि आयोगको गठन गरी भुमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी । पाँचलाख भूमिहिनलाई पुर्जा
वितरण गर्ने घोषणा ।

२४- ज्येष्ठ नागरिकलाइ ६८ बर्षमै भत्ता उपलब्ध ।

२५- किसानसँग सरकार’ को नारा सहित कृषिमा रुपान्तरणकारी योजना र बजेटमा उल्लेख्य वृद्धि

२६ -किसानलाइ पेन्सन सहित प्रोत्साहन र राहतका योजना ।

२७- जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता ।

२८- गरिविका रेखामुनी रहेका विरामीका लागि ९८ प्रकारका औषधि निःशुल्क ।

२९ -बैदेशीक रोजगारीवाट फर्केका युवालाई सहुलियतपूर्ण कर्जा ।

३० -प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई लाखलाई रोजगारीको सुनिश्चितता ।

३१- दुर्गम २५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च ।

३२- अन्तराष्टिय बजारमा पेट्रोलियम पदार्थको मुल्य वढिरहेको सन्दर्भमा कर कटाएर भए पनि पेट्रोलियम पदार्थको मुल्य घटाउँदै मुल्यबृद्धि नियन्त्रणको प्रयास ।

३३- प्रमुख प्रतिपक्षी एमालेले करिव ९ महिनादेखि चल्न नदिएको संसद अवरोधको अन्त्य ।

३४- राष्ट्रसेवक कर्मचारीको मनोवल उकास्न १५ प्रतिशतले तलव वृद्धि ।

३५- राष्ट्रहितलाई ध्यानमा राखेर अमेरिकाको ।।।स्टेट पाटनरसिप प्रोग्राम’ को कार्यक्रमहरु अघि नबढाउने निर्णय ।

३६- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाकोभारत भ्रमण सम्पन्न
। दुइदेशबिचको सम्बन्धमा देखापरेका अविश्वास र संशय मेटाएर हार्दिकताको सम्वन्ध विस्तार ।

३७- अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण तथा नेपालका प्रधानसेनापतिको अमेरिका भ्रमण ।

३८- चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा परराष्ट्र मन्त्री र विदेश विभाग प्रमुखको नेपाल भ्रमण तथा एक चीन नितिप्रति नेपाल सरकारको प्रतिवद्धता ।

३९ -अन्तरदेशीय प्रसारण लाईन विस्तार गरी छिमेकी मुलुक भारतमा विजुली विक्री सुरु ।

४०- नागरिकताविहीनताको अन्त्य गर्न नागरिकता विधेयक संसदमा पेश ।

४२- देउवा सरकार गठनपछि संविधान, संसद्र लोकतन्त्र जोगाउन सफलता । निरबकुशताको चिन्ता र आशंका अन्त्य भई आशाको रक्तसञ्चार ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : १७ बजे