काठमाडौं । आइसिसी टी(२० विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहँदा ‘ट्रफी टुर’ सुरू भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले शुक्रबारबाट आयोजक राष्ट्र अष्ट्रेलियाको पर्थबाट ‘ट्रफी टुर’ सुरु गरेको हो ।
दोस्रोपटक नेपाल आइपुग्न लागेको ट्रफी यसपटक भने ३० र ३१ अगष्ट (१४ र १५ भदौ) मा काठमाडौं आइपुग्ने छ । ट्रफी सार्वजनिक स्थानमा फोटो सेसनका लागि राखिने छ । यद्यपि स्थान भने तोकिएको छैन ।
आजबाट सुरु भएको टुर १३ देशका ३५ स्थानमा पुग्ने आईसिसीले जनाएको छ । विश्वकप १६ अक्टोबरबाट सुरु हुनेछ । नेपाल भने यसअघि नै पराजित हुँदै छनोट हुन असफल भएको थियो ।
प्रतिक्रिया