Logo

मुख्य समाचार

हरिशरण लामिछानेः जस्ले रेडियोको पर्यावाची भएर इतिहास रचे, उनै चुनावी दौडमा



काठमाडौं । रेडियो नेपालको इतिहासमा ‘बलियो खम्बा’ बनेर तीन दशक भन्दाबढि काम गरेका बरिष्ठ संचारकर्मी हरिशरण लामिछाने आसन्न प्रतिनिधि सभा चुनावमा उठ्ने भएका छन् ।

उनले केहि दिनदेखि चुनावी प्रचारप्रसारका सामग्री सामाजिक संजालमा राख्दै आएका छन् । हरिशरण नेपालको रेडियो इतिहासमा एउटा ‘ब्राण्ड नेम’ हो । आर्कषक आवाजका कारण उनले रेडियो नेपालमा पढ्ने समाचार निकै ओजपुर्ण हुन्थ्यो । रेडियो नेपाल खोल्ने बित्तिकै उनको आवाजमा आएको समाचार नसुनि स्रोताले अरु काम गर्दैनथे । उनिप्रति सबै स्रोताको क्रेज थियो ।

हालै उनले रेडियोकर्मबाट राजीनामा गरेर राजनीतिमा जाने निर्णय गरिसकेका छन् । नेपालको संचारको दुनियाँमा एउटा अलग्गै छाप छोडेका हरिशरणसंग स्वतन्त्रहरुको ठुलो समुह तयार भएको छ ।

त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । उनले सबैलाइ अपील गर्दै भनेका छन्- ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वाचन क्षेत्र कायम गरिनेछ । उनि काठमाडौं–३ बाट उम्मेदवारी दिने तयारीमा छन् । उनको समुहबाट काठमाडौं–१ मा पुकार बम, ५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नुहुनेछ ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्ने तयारी छ । यो बिषयमा निर्णय गर्न यही असारको १७ र १८ गते राष्ट्रिय भेला आयोजना गरिएको छ ।

हरिशरणले सामाजिक संजालमा एक सन्देश जारी गर्दै भनेका छन् ,‘ स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माणको अभियान जारी छ ।’ देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वचन छेत्र कायम गरिने छ । मेरो हकमा काठमाडौ –३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउदछु ।’ सम्भवतः काठमाडौ १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ । काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखा बाट प्रतिस्पर्धा गर्नु हुनेछ । बाकी कुरा यहि असर १७ र १८ गतेको राष्ट्रिय भेलाले तय गर्नेछ ।’ ‘स्वतन्त्रता सेनानी, परिवर्तन सम्भव छ ।’

हरिशरणको समुहमा उपत्यकाका रैथाने सबै व्यक्तिहरु, बाहिरबाट आएर बसेका सामाजिक व्यक्तिहरु, पुराना राजनीतिज्ञहरु, युवाहरु र विभिन्न पार्टी छोडेका व्यक्तिहरु जोडिएका छन् । नेपालको संचार क्षेत्रमा उनि बरिष्ठ र बौद्धिक व्यक्तित्वमा गनिन्छन् ।

उता, उनका भाई रवि लामिछाने पनि राजनीतिमा लागेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ०५ बजे