काठमाडौं । गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ ।
बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।
बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।
यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।
जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ ।
जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया