भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेको बताए ।
विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहा जाने उनले प्रश्न गरे । तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए ।
प्रतिक्रिया