Logo

खेलकुद

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीलाई १०६ रनको लक्ष्य 



काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकी पारी खेल्दै ५२ र इशान पाण्डेयले २७ रनको योगदान गरे। लुम्बिनीका शेर मल्ल र रूबेल ट्रम्पलमेनले २/२ विकेट लिए ।

लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् ।

सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । लुम्बिनी गत संस्करणको विजेता हाने । आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ । 

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ ।

 फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रकाशित मिति : २ मंसिर २०८३, मंगलबार  ७ : ४२ बजे