Logo

मुख्य समाचार

पाँच प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


२३ कार्तिक २०८३, आइतबार  

0
Shares

काठमाडौं । देशका पाँच प्रदेशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा बदली हुने भएको हो ।

विभागका अनुसार आइतबार दिउँसो देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने भए पनि बाँकी भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

विभागका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना

प्रकाशित मिति : २३ कार्तिक २०८३, आइतबार  ६ : ४७ बजे