काठमाडौं । देशका चार प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षाको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
विभागका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको








प्रतिक्रिया