Logo

खेलकुद

जनकपुर टस जितेर बलिङमा


२० कार्तिक २०८३, बिहिबार  

0
Shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर बलिङ रोजेको छ । लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । 

तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । 

विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  १ : १६ बजे