Logo

मुख्य समाचार

भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा


१९ कार्तिक २०८३, बुधबार  

0
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (बुधबार) नेपाल आएका हुन् ।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा नेपालसँग मिस्रीले छलफल समेत गर्ने छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बुधबार  १२ : १२ बजे