Logo

मुख्य समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना


१३ कार्तिक २०८३, बिहिबार  

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहको छ । 

मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार  ६ : ४५ बजे