काठमाडौं । जीटीटीएफ नेपालले आयोजना गर्ने प्रथम ग्लोबल ट्रेडिसनल क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ।
आयोजकका नेपाल प्रतिनिधि तथा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा क्योरोगीतर्फ २५ र पुम्सेतर्फ १५ गरी ४० स्पर्धामा करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
आयोजकको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको दुईदिने प्रतियोगिताका खेल पेप्सीकोलाको यति टोलस्थित कोटेश्वर तेक्वान्दो डोजाङको हलमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा विभिन्न उमेर तथा विधाका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।








प्रतिक्रिया