Logo

Breaking News 1

दुईवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।  

यसैगरी, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुने कार्यसूची रहेका छ । 

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ७ : ३२ बजे