काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।
यस्तै, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा तोकिएको छ। यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा कायम गरिएको छ।
स्वीस फ्रयांक एकको खरिददर १९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९२ रुपैयाँ ८१ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०२ पैसा र बिक्रीदर १११ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा र बिक्रीदर १२० रुपैयाँ ७७ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा तोकिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकका अनुसार यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९७ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा रहेको छ।
यसैगरी, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ५०० रुपैयाँ २१ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।








प्रतिक्रिया