मेष
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला।
वृष
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
मिथुन
पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ। व्यवसायमा मनग्य फाइदा हुनेछ।
कर्कट
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ।
सिंह
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ।
कन्या
पहिरन र योग्यताले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ।
तुला
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्।
बृश्चिक
समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ।
धनु
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।
मकर
छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत(साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कुम्भ
आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ।
मीन
समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।








प्रतिक्रिया