Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष
अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ।

वृष
समयमा गरिएको कामले हौसला जगाउनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ।

मिथुन
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला।

कर्कट
मेहनतले आम्दानी बढाउनेछ। सानो प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्न सक्छ। श्रमको उच्च मूल्यांकन हुनुका साथै दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ।

सिंह
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

कन्या
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ।

तुला
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

बृश्चिक
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।

धनु
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

मकर
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ।

कुम्भ
महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पर्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्न सक्छ। चिताएको काम बिग्रनाले परिस्थिति अलि प्रतिकूल रहनेछ।

मीन
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  ६ : ०४ बजे