Logo

धर्म / संस्कृति

आजको राशिफल


१५ जेष्ठ २०८३, शुक्रबार  

115
Shares

मेष
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

वृष
विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ने हुन सक्छ।

मिथुन
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ।

कर्कट
हिस्सेदारसँग असमझदारी बढ्नाले समस्या आउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ। आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ।

सिंह
पहिलेको सफलताले धन आर्जन हुनेछ। तर मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। चिताएको काम स्थगित हुन सक्छ।

कन्या
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ।

तुला
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ।

बृश्चिक
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

धनु
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। चल(अचल धनको उपयोग गर्ने समय छ। मिहिनेत गर्दा ऋण तथा कर्जा चुक्ता गर्न सकिनेछ।

मकर
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ।

कुम्भ
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ।

मीन
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : ०० बजे