मेष
प्रतिष्ठित काम गरेर लोकप्रियता हासिल गर्न सकिनेछ। समाजमा मान(सम्मान बढ्नेछ र नयाँ मान्छेहरूसँग चिनजान हुनेछ। जागिर वा व्यापार गर्नेहरूलाई राम्रो लाभ हुनेछ।
वृष
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफैँले गरेका बाचाहरू पुरा गर्न गाह्रो हुन सक्छ। स्वास्थ्य अलि कमजोर रहे पनि कामको जिम्मेवारी भने थपिनेछ।
मिथुन
स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ। अरूको झैझगडा वा कुरामा चासो नदिनुहोला, आफैँलाई अप्ठ्यारो पर्न सक्छ। काममा सोचेजस्तो ठुलो सफलता नपाइएला।
कर्कट
हाँसखेल र मनोरञ्जनको समय छ। काममा छोटो समयमा फाइदा उठाउन सकिनेछ। दिन निकै उत्साहजनक रहनेछ। परिवारजन र साथीभाइको सहयोगले कामहरू सजिलै बन्नेछन्।
सिंह
महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। विरोधी वा ईर्ष्या गर्ने व्यक्तिहरू आफैँ पछि हट्नेछन्। रोकिएका कामहरू सुचारु हुनेछन्। पैसा कमाउने नयाँ बाटो खुल्न सक्छ।
कन्या
केही अवसर प्राप्त भए पनि परिस्थितिवश काम रोकिन सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। मन लगाएर पढ्न र काम गर्न नसकिएला। सन्तान वा सहयोगीको साथले सामान्य काम बन्नेछन्।
तुला
अरूको भरमा काम थाल्दा समस्या पर्न सक्छ। हतारमा निर्णय नगर्नुहोला, पछि पछुतो हुन सक्छ। साझेदारसँग पहिले गरिएको सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
बृश्चिक
योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
धनु
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला।
मकर
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
कुम्भ
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। इच्छाविपरीत अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
मीन
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।








प्रतिक्रिया