Logo

राजनीति

उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने


२७ चैत्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए ।
उनले भने, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।’
प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् । उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुवी कुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : ४७ बजे