Logo

मुख्य समाचार

अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन : माधव ढुङ्गेल


२७ चैत्र २०८२, शुक्रबार  

23
Shares

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अहिलेकै संरचनाबाट पार्टी अघि नबढ्ने बताएका छन् ।
शुक्रबार नेकपा एमाले रामेछापले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढुङ्गेलले अब पार्टी निर्माणको काम शून्यबाट सुरु गर्नुपर्ने बताए । ‘अहिलेकै पार्टीको संरचनाबाट, अहिलेकै पार्टीका कमिटीबाट हामीले धेरै ठुलो विश्वास गर्न सक्ने अवस्था छैन, अहिलेकै पार्टी सदस्यबाट ठुलो उपलब्धि हासिल गर्न सकिने अवस्था छैन’, उनले भने ।
पार्टीको उम्मेदवारको मात्र होइन समानुपातिक भोट समेत घटेको बताउँदै उनले उम्मेदवार मन नपर्न सक्ने भए पनि पार्टीलाई नै भोट नहाल्ने स्थिति आउनु निक्कै खतरनाक भएको उनले बताए । ‘विचार, निष्ठा र दृष्टिकोण पनि भुलिसक्यो हाम्रो सदस्यले’, ढुङ्गेलले भने ।
ढुङ्गेलले पार्टी जीवनको अब निर्मम समीक्षा गरेर अघि बढ्नुपर्ने बताए । पार्टीले यति ठुलो क्षति बेहोरेकोले अब निर्मम समीक्षा हुनुपर्ने उनको धारणा छ ।
कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरूले पार्टीका अहिलेका सबै संरचनाहरूलाई पुनर्गठन गरी अघि बढ्न सुझाव दिएका थिए ।
नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा भएको भेलामा पार्टीका पार्टीका प्रदेश, जिल्ला, पालिका र वडासम्मका अगुवा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : १७ बजे