Logo

धर्म / संस्कृति

आजको राशिफल


२७ चैत्र २०८२, शुक्रबार  

115
Shares

मेष राशि
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। परोपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। नयाँ साथीभाइ भेटिनेछन्। नयाँ काम सिक्ने अवसर छ।

बृष राशि
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना पनि स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।

मिथुन राशि
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।

कर्कट राशि
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। रकम, श्रम र समय लागे पनि काम गर्न सकिनेछ।

सिंह राशि
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या राशि
अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूको विश्वास गर्दा काम बिग्रनेछ। परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ।

तुला राशि
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ।

बृश्चिक राशि
मुख्य काम र अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ।

धनु राशि
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्, अलि सजग रहनुहोला।

मकर राशि
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

कुम्भ राशि
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले काममा पनि उत्साह जाग्नेछ।

मीन राशि
प्रतिष्ठित काम गर्ने समय छ। मिहिनेतले अवसर पनि दिलाउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : २४ बजे