Logo

राजनीति

लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिस खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्रमा विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् ।

‘यस वर्ष वर्षा लागेसँगै सुरक्ष फौससहितको सैरनको व्यवस्था गरियोस । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने ।

पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ४६ बजे