काठमाडौं — पेट्रोलियम पदार्थको आपूर्तिमा सम्भावित कमीका कारण उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्न सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त निर्णय अनुसार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सोमबार (चैत २३) देखि नै लागू हुनेछ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार शैक्षिक संस्थाबाहेक अन्य सरकारी कार्यालयहरूको कार्य समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिनेछ।
सरकारले इन्धन खपत घटाउने तथा आपूर्ति व्यवस्थापन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।









प्रतिक्रिया