Logo

अर्थ

गृहउपभोक्तालाई प्राथमिकता–नेपाल आयल निगमको ग्यास बिक्री निर्देशन


३० फाल्गुन २०८२, शनिबार  

92
Shares

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगी तथा एलपी ग्यास विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ।
निगमले देशभरका उद्योगीहरूलाई आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री हुने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजेभित्र निगमलाई जानकारी गराउन आदेश दिएको छ। विक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको रेकर्ड राखेर सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई बुझाउनुपर्नेछ।
निगमले अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा ७.१ केजी एलपी ग्यास प्रतिसिलिन्डर ९५५ रुपैयाँमा बिक्री सुरु गर्ने जनाएको छ।
हाल, मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परिरहे पनि निगमले नियमित आपूर्ति जारी राखेको जनाएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ७ : ५२ बजे