काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज दिउँसो १ बजे बस्ने गरी बलाइएको हो ।
बैठकमा प्रतिनिधि सभामा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो । निर्वाचन आयोगले समानुपातिकतर्फका सदस्यको नाम भोलिसम्ममा बुझाउन दलहरुलाई पत्राचार गरिसकेको छ ।
बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।










प्रतिक्रिया