Logo

मुख्य समाचार

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी


२६ फाल्गुन २०८२, मंगलबार  

46
Shares

काठमाडौं । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई पाँच वर्ष भित्रमा नै औषधिमा आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन्।
मंगलवार नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता ः नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी पाँच वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे। तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनुपर्ने उनको भनाइ छ।
‘हामी आयातमुखी औषधि ऐन बोकेर हिडिरहेका छौं, औषधि ऐनलाई जनतामुखी बनाऔं, २०३५ सालमा बनेको ऐनले उद्योगमैत्री काम गर्न सकेन, प्रशासनले पनि काम गर्न सकेनन्, औषधि ऐनमा नीतिगत परिवर्तन गरे हामी पाँच वर्षभित्र औषधि उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौं, ८० प्रतिशन औषधि हामी उत्पादन गरेर देखाउँछौं’ अध्यक्ष अधिकारीले भने।
अध्यक्ष अधिकारीले नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए।
‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ३ : ०९ बजे