Logo

राजनीति

कर्णालीमा प्रत्यक्ष एक सिट जितेको रास्वपा समानुपातिकामा दोस्रो


२५ फाल्गुन २०८२, सोमबार  

299
Shares

सुर्खेत । प्रतिनिधिसभा निर्वाचनमा कर्णालीमा एक सिट मात्र प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकमा दोस्रो ठुलो दल बनेको छ ।
१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा रास्वपा एक लाख २९ हजार ७३६ मत ल्याएर प्रदेशमा दोस्रो ठुलो दल बनेको हो । पहिलो दल बनेको नेपाली काँग्रेसले एक लाख ३४ हजार ३३३ मत ल्याएको छ ।
समानुपातिकामा तेस्रो स्थानमा रहेको नेकपा एमालेले एक लाख ११ हजार ७११ मत ल्याएको छ । कर्णालीलाई आफ्नो आधार इलाका ठान्ने नेकपाले ९९ हजार ८४२ मत ल्याएर चौथो स्थानमा रहेको छ ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार आठ सय १६ मत ल्याएर प्रत्यक्षमा निर्वाचन जित्दा राप्रपाको समानुपातिकमा १५ हजार ३५७ मत पाएको छ ।
रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएर तेस्रो हुँदा उनको दलले कर्णालीबाट आठ हजार २२९ मत पाएको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले पाँच हजार ८४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ । सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख निर्वाचन क्षेत्र नम्बर १ र सल्यानबाहेक अरु सबै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४७ बजे