Logo

निर्वाचन विशेष

मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा


१७ फाल्गुन २०८२, आइतबार  

69
Shares

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा आइतबार मकवानपुरका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई मतपेटिका सहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गर्न लागिएको छ ।
मकवानपुरका दुई वटा निर्वाचन अधिकृतको कार्यालयले मतदानको दिन प्रयोग हुने सम्पूर्ण सामाग्री सम्बन्धित मतदान अधिकृत र सहायक अधिकृतलाई जिम्मा लगाउने कार्यक्रम तय गरेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले बताए ।
मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, छाप, फाराम, स्टेशनरी लगायतका सामग्री व्यवस्थित रूपमा तयारी गरी हस्तान्तरण गर्न लागिएको हो ।
निर्वाचन तालिका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य सहयोगी कर्मचारीहरू भोलिसम्म आ–आफ्ना तोकिएका मतदान केन्द्रमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यससँगै जिल्लाभरका सबै मतदान केन्द्रहरूमा निर्वाचनका लागि आवश्यक पूर्वतयारी पूरा हुने अपेक्षा गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापनलाई तीव्रता दिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सामग्री हस्तान्तरणसँगै मतदान केन्द्रतर्फ कर्मचारीहरूको प्रस्थान सुरु हुने र अन्तिम तयारी समेत पूरा गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २३ बजे