झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताएका छन् । नेकपा एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सवै नागरिकले समेत बुझि सकेको उनले बताए ।
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहिबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताए ।
उनले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धीका लागि निर्वाह गरेको भुमिकाका कारण एमालेनै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताए ।
आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका ओली हाल निर्वाचन क्षेत्रका विभिन्न बस्तिमा पुगेर मतदाताहरुसँगको भेटघाटमा व्यस्त छन् ।
यसैक्रममा ओली बिहिबार झापाको कमल ५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भुमि सम्बन्धि समस्या समाधान गरि दिन आग्रह गरेका छन् । सडक तथा पुल निर्माण भए पछि जनजीवन सहज भए पनि अझै सम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए ।
यस्तै, कमल ३ को सानो केर्खामा पुग्दा स्थानीय किरातेश्वर तथा वाल्मिकी आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिन स्थानीयले माग गरेका थिए । यी स्थानहरुको पूर्वाधार विकास गरि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाइ छ ।










प्रतिक्रिया