Logo

समाचार

काठमाडौंमा अपहरण गरी बन्धक बनाउने होटेल सञ्चालकसहित तीन पक्राउ


१३ फाल्गुन २०८२, बुधबार  

46
Shares

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले काठमाडौं महानगरपालिका–१२ टेकुस्थित रोडलाइन प्यालेस होटेल बाट एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर–५ का फपेन्द्र न्यौपाने, कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ का शिवबहादुर घर्ती र जुम्लाको तिला गाउँपालिका–८ का धनराज वस्नेत रहेका छन्। घर्ती उक्त होटेलका सञ्चालक हुन्।
प्रहरीका अनुसार पूर्णबहादुर बोहरालाई अपहरण गरी होटेलभित्र बन्धक बनाई कुटपिट गरिएको थियो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार बोहरालाई सकुशल उद्धार गरेको जनाएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : ५३ बजे