Logo

राजनीति

चिम र बाँसुरी चिन्हमा मतदान गरेर चुनाव जिताउन कुलमान घिसिङको अनुरोध


७ फाल्गुन २०८२, बिहिबार  

92
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार कुलमान घिसिङले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । घिसिङले बिहीबार काठमाडौं क्षेत्र नम्बर ८ मा घरदैलो कार्यक्रम गरेका छन् ।

घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गरेका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष र समानुपातिक दुईवटैमा उठेका छौं। समानुपातिकमा हाम्रो पार्टीलाई सहयोग गर्नुपर्छ त्यसमा हाम्रो चुनाव चिन्ह् बाँसुरी छ । प्रत्यक्षमा भने चिम नै छ । चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गर्दछु ।’

मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । उज्यालो नेपालसहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम व्यस्त छन् घरदैलो अभियानमार्फत उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर समर्थन माग्ने, विकास योजनाबारे जानकारी दिने र स्थानीय आवश्यकता बुझ्ने कार्यमा सक्रिय देखिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ४ : ५९ बजे