Logo

समाचार

रौतहट प्याब्सनद्वारा ७६ औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाइयोः ४ हजार बढी राष्ट्रिय झण्डा वितरण


७ फाल्गुन २०८२, बिहिबार  

0
Shares

रौतहट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रौतहटले ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम गौरमा भव्य प्रभातफेरी तथा सभाको आयोजना गरेको छ।प्रजातन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूको सम्मान र विद्यार्थीहरूमा राष्ट्रियताको भावना जागृत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।बिहान ८ बजे सदरमुकाम गौरस्थित ऐतिहासिक राइसमिलबाट सुरु भएको प्रभातफेरी बीपी चोक हुँदै भन्सार कार्यालयसम्म पुगेर पुनः राइसमिलमा फर्किएर सभामा परिणत भएको थियो। ¥यालीमा गौरका विभिन्न निजी विद्यालयका झण्डै पाँच हजार विद्यार्थी, शिक्षक तथा सञ्चालकहरूको उत्साहजनक सहभागिता रहेको थियो।¥यालीमा सहभागी विद्यार्थीहरू विभिन्न जातजाति र समुदायको पहिचान झल्किने भेषभुषा तथा झाँकीका साथ उपस्थित थिए। कार्यक्रमको मुख्य आकर्षणको रूपमा राष्ट्रिय ध्वजा रहेको थियो। प्याब्सनले राष्ट्रियताको सम्मानका लागि ¥याली अवधिभर प्रत्येक विद्यार्थीको हातमा राष्ट्रिय झण्डा पु¥याएको थियो। सो क्रममा ४ हजारभन्दा बढी झण्डाहरू वितरण गरिएको प्याब्सनले जनाएको छ।नगर परिक्रमा पश्चात् आयोजित कोणसभामा बोल्दै प्रमुख अतिथि एवं गौर नगरपालिकाका मेयर शम्भू साहले नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन र प्रजातन्त्रको महत्त्वमाथि प्रकाश पारे।त्यस्तै, प्याब्सनका केन्द्रीय सदस्य असित कुमार वैद्य र वरिष्ठ सल्लाहकार गौतम श्रेष्ठले शहीदहरूको योगदानलाई स्मरण गर्दै निजी क्षेत्रका विद्यालयहरूले शैक्षिक विकासका साथै राष्ट्रिय गौरवका विषयमा पनि विद्यार्थीहरूलाई सचेत गराउनुपर्नेमा जोड दिए। कार्यक्रममा स्थानीय निजी विद्यालयका संस्थापक तथा शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ४ : ५७ बजे