सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टीका सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले आफ्नो चुनावी एजेन्डा समेटिएको बाचा–पत्र सार्वजनिक गरेका छन् ।
बाचा–पत्रमा स्वास्थ्य, शिक्षा, रोजगारी, आधुनिक कृषि उत्पादन, बजार व्यवस्थापन, दुर्घटनारहित सडक निर्माण, पर्यटन स्थल विकास तथा सिन्धुलीको पहिचानका रूपमा रहेको जुनार–सुन्तला उत्पादन प्रवद्र्धनलाई प्राथमिकताका रूपमा समेटिएको छ।
त्यस्तै, बाढी नियन्त्रण र नदी व्यवस्थापन, कृषि क्षेत्रमा किसानको सम्मान एवम उत्पादनको मूल्य निर्धारण गर्ने, पर्यटन क्षेत्रको इतिहास, पहिचान र रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको प्रवद्र्धन गर्दै युवाको भविष्य सिन्धुलीमै व्यवस्थापन गर्ने साथै उनले सुशासन नारामा नभइ डेलिभरीमा देखिनुपर्ने लगायतका मुद्दाहरु अगाडि सारेका छन् ।
पूर्वाधार विकासमा विशेष जोड दिएका गजुरेलले सुनकोसी मरिण आयोजनाको समस्या समाधान गर्ने, बीपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई मानवमैत्री, सुरक्षित र दिगो बनाउनेलगायतका लक्ष्य राखिएको छ ।
सरकारी सेवाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका गजुरेल पछिल्लो समय जनताको घर–घरमा पुगेर आफ्ना योजना र प्रतिबद्धता राख्दै आएका छन् ।
सिन्धुलीमै जन्म–हुर्कनु भएका गजुरेल मेहनती र इमानदार व्यक्तित्वका रूपमा परिचित छन्। जर्मनीबाट इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरेका उहाँ नेपाल सरकारको यातायात विभागमा प्रमुख सिईओ पदसम्म कार्यरत थिए ।
चोभार क्षेत्रको निर्माण कार्यसहित देशका विभिन्न सडक तथा पूर्वाधार आयोजनामा उल्लेखनीय योगदान पुर्याएका गजुरेलले नेपालमा सडक निर्माणमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता बाचा–पत्रमा उल्लेख उल्लेख छ ।










प्रतिक्रिया