मेष राशि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ।
बृष राशि
व्यवसायको सन्दर्भमा यात्राको अवसर जुट्नेछ। तर परिस्थिति अनुकूल रहे पनि भौतिक असुविधाले दुःख पाइनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। काममा परिवारजनको साथ जुट्नेछ।
मिथुन राशि
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नदेखि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।
कर्कट राशि
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउला। सहयोगीहरू पछि हट्नेछन् र व्यवसायमा कम मात्र फाइदा हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह राशि
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ।
कन्या राशि
स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्।
तुला राशि
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुस्ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ।
बृश्चिक राशि
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। अतिथिको आगमनले दिन रमाइलो रहनेछ। पेसागत काममा त्यति समय दिन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
धनु राशि
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
मकर राशि
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्।
कुम्भ राशि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मीन राशि
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।










प्रतिक्रिया