काठमाडौं । आईसीसी ट्वन्टी–२० क्रिकेट विश्वकप २०२६ अन्तर्गत नेपाल र इंग्ल्यान्डबीचको खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आइतबार भारतको मुम्बईस्थित वान्खेडे क्रिकेट रंगशालामा भएको टसमा इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक्सले नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्।
दुवै टोली प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। नेपाल एसिया प्यासिफिक क्षेत्रको छनोट चरणमा अपराजित रहँदै विश्वकपमा स्थान बनाएको टोली हो।
इंग्ल्यान्ड भने सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न अघिल्लो संस्करणको सुपर–८ चरणमा पुगेका आधारमा सोझै छनोट हुँदै प्रतियोगितामा सहभागी भएको हो।
२५ माघ २०८२, आइतबार
184
Shares









प्रतिक्रिया