बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कांग्रेस बाजुराले यतिबेला घरदैलो अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बाजुराबाट उम्मेदवार बनेका नेता जनकराज गिरीलाई निर्वाचित गराउन कांग्रेस बाजुरा घरदैलो अभियानमा जुटेको हो ।
कांग्रेस बाजुराले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका विभिन्न गाउँबस्तीमा कार्यकर्ता भेला तथा चुनावी अभियान गरिरहेको छ । कार्यकर्तासंग भेटघाट र जनताका जनआकांक्षा सुन्न सिंगो कांग्रेस एकढिक्का भएर अभियानमा लागेको हो ।
कांग्रेस बाजुरा २०७९ को जस्तैःविरासत जोगाउने दाउमा चुनावी मैदानमा उत्रेको छ । २०७९ सालको प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस बाजुराले सहज जित निकालेको थियो।प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाजुरा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे ३१ हजार ७ सय ८६ मत ल्याई विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापालाई पाण्डेले ५ हजार ४ सय ३७ मतान्तरले पराजित गरेका थिए । पराजित एमालेका कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत ल्याएका थिए।कांग्रेस पुनः यहि विरासतलाई जोगाउन गहन रुपमा छलफलका साथै घरदैलो अभियानमा लागेको छ ।
यहाँ सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अघि बढेका छन् । आगामी निर्वाचनमा पुनःसफलता प्राप्त गर्नु नै कांग्रेसको मुख्य उदेश्य बनेको छ । यता नेकपा एमाले २०७९ को हारको बदला लिने तयारीमा छ । त्यस्तै अन्य राजनीतिक दलका व्यक्तिहरु पनि चुनाव जित्ने दाउमा छन् ।
कांग्रेस अहिले हरेक गाउँ बस्तीमा पुगेर जनतासँग सुख–दुखका साथै गाउँघरका समस्याहरु पहिचान गरिरहेको छ । समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी रणनीति, आगामी निर्वाचनमा पार्टीको भूमिका तथा स्थानीय स्तरका समस्या र विकासका विषयलाई कांग्रेसले प्रमुख प्राथमिकतामा राखेको छ ।
कांग्रेस आफ्नो विरासत टुटाउने पक्षमा भने छैन् । जनताको सेवामा समर्पित, कर्तव्यनिष्ट र सादगी नेताको ट्याग पाएका प्रतिनिधि सभा उम्मेदवार कांग्रेस नेता गिरी स्थानीय विकास र न्यायका सन्दर्भमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका घर भएका गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन् ।
उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमी सुधार तथा सहायकमन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन् ।
विकासवादी, सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई चिनिन्छ । गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन् ।
कांग्रेसको अनुभवी नेताको रुपमा परिचित गिरी चुनावी मैदानमा होमिएसंगै बाजुरामा पार्टी एकता थप शसक्त र बलियो हुने देखिएको छ ।
उनको उम्मेदवारीले कांग्रेसको चुनावी प्रतिस्पर्धालाई कस्तो दिशामा मोड्छ भन्ने कुरालाई विशेष प्राथामिकताका साथ हेरिएको छ ।
पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेता गिरी एक अनुभवी नेता हुुन् ।
पार्टीका नीति निर्माण र राष्ट्रिय नेतृत्वलाई समर्थन गर्दै चुनावी सफलता ल्याउने प्रयासमा उनी लागिरहेका छन् । पूर्वसहहामन्त्री बद्री पाण्डे, पूर्वसभापतिद्वय मान ब रावल, कबिराज पण्डित, सभापति रामिसंह रावल, पूर्वसंविधान सभा सदस्य महा नेपाली,पार्टी सचिव तिलक पुरी, युवा नेता चक्र शाह, योगेन्द्र रावल, जगतजंग बमलगायत नेता कार्यकर्ताको चुनावी अभियानमा छन् ।
बाजुरामा अहिले मुख्य चार राजनीतिक दल प्रतिस्प्रर्धामा देखिएका छन् । नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हेमराज थापा मुख्य प्रतिस्प्रर्धामा छन् । कांग्रेस र एमालेलाई जित हासिल गर्न भने हम्मेहम्मे हुने संकेत देखिएको छ ।
२३ माघ २०८२, शुक्रबार
69
Shares








प्रतिक्रिया