Logo

समाचार

‘रवि–बालेनबाट देशलाई खतरामा छ, काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिन्छन्’



काठमाडौं । रवि–बालेनबाट देश खतरामा पर्ने र काँग्रेस–एमाले दोहोरिए जनता थप लुटिने वक्ताहरुले जिकिर गरेका छन् । आइतबार राजधानीमा चुनाव सन्दर्भ कार्यक्रममा बोल्ने उम्मेदवारहरुले मोबाइल चिन्हमा भोट हाल्न अपिल समेत गरेका छन् ।

आम जनता पार्टीका सहअध्यक्ष तिलक थापामगरले एमाले–काँग्रेस पुरानै दोहोरिए भ्रष्टाचार मौलाउने र रबि–बालेन आए देशको राष्ट्रिय स्वाधिनता धरापमा पार्ने दाबी गरेका छन् । संविधान सभा सदस्य समेत रहेका थापमगरले काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकोले आफ्नो मोबाइल चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।

थापामगरले जेनजी विद्रोहको भावना विपरित सहकारी ठगि प्रकरणमा मुछिएका रवि लामिछानेलाई छुटाउने कार्यले कानूनी राज्यको धज्जी उडाएको कार्की सरकार पूर्ण असफल भइसकेको पनि बताए । धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार उठेका डा.नन्द प्रसाद काप्रीले प्रधानमन्त्री सुशीला कार्की पूर्णरुपले असफल भएको दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय शक्तिहरुले नेपालमा कम्फर्टेबल सरकार खोजिरहेका र युक्रेन बनाउने खतरा रहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘जेलेन्स्की अमेरिकाको मतियार बन्दा रुसले युक्रनमाथि आक्रमण गरेर खतम गरेको छ, त्यही अवस्था तिर नेपाल गएको छ, जनता सचेत रहनुपर्छ,’ काप्रीले भने । चुनाव लोकतन्त्रको सुन्दरता भएकाले आफूहरु पनि मोबाइल चिन्ह लिएर निर्वाचनमा होमिएको र जनताले विदेशीहरुको योजनालाई विफल पार्न देशभक्तहरुलाई भोट हाल्न अपिल गरे । उनले फागुन २१ गते चुनाव भइहाले भने पनि पुनः भागभण्डाको राजनीति नसकिने बताउँदै पुनः आन्दोलनमा होमिनुपर्ने बाध्यता हरने जिकिर गरे ।

नक्कली जेनजीहरु सत्ता र चुनाव केन्द्रीत भएको तथा सक्कली जेनजीहरु माइतीघर मण्डलामा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
काठमाडौं क्षेत्र नम्बर ६ की उम्मेदवार सफलता बोगटीले देशले परिवर्तन चाहेकाले पुरारा पार्टीहरुका उम्मेदवारबाट केही नहुने बताउँदै आफूलाई मत हाल्न अपिल गरिन् । मोबाइल चिन्हमा भोट हालेर आफूलाई जिताए शिक्षा, स्वास्थ्य तथा रोजगारलगायतमा सहजता ल्याउने प्रतिबद्धता जनाइन् ।

त्यसैगरी ६ नम्बर क्षेत्र टोखा, झोर, महाङकाललगायत क्षत्रेका पूर्वाधार विकास, संस्कृतिक, धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रवद्धर्न गर्ने पनि बताइन् । आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघका अध्यक्ष कालबहादुर विकले बालेन मेयर भइसकेपछि आमसुकुम्बासीहरु घरबारविहीन बनाएकाले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने धारणा राखे । ६० लाख दलितको हकहितको निम्ति लड्दै आएको आम जनता पार्टीलाई अत्याधिक मत दिन विकले अपिल गरे ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ०८ बजे