Logo

मुख्य समाचार

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति



काठमाडौं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनुपर्यो । राष्ट्रिय झण्डा ओड्ने कपडा होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।’ उनले राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरूलाई कडाइका साथ निषेध गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ५ : ४२ बजे