Logo

मुख्य समाचार

रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार



रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन । आम जनता पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठुलो संख्यासहित निर्वाचन कार्यालय पुगेका धमलाले उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै आफू यस क्षेत्रको समस्या र वस्तुस्थितिबारे पूर्ण जानकार रहेको बताए ।
उनले रौतहट क्षेत्र नम्बर–४ को समग्र विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।
पत्रकार धमलाको प्रवेशले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चर्चाको विषय बनाएको छ । सोही निर्वाचन क्षेत्रबाट अन्य प्रमुख राजनीतिक दलहरूले पनि आफ्ना उम्मेदवारहरू चुनावी मैदानमा उतारेका छन्।
नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै, नेकपा एमालेका तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले मनोनयन पत्र दर्ता गराएका हुन ।
सबै उम्मेदवारहरू आ–आफ्ना समर्थक र दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए, जसका कारण चन्द्रपुर क्षेत्र मंगलबार दिनभर चुनावी रौनकले भरिएको थियो।
मनोनयन दर्ता प्रक्रिया सकिएसँगै अब उम्मेदवारहरू चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा केन्द्रित हुने भएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ३८ बजे