विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि आफ्नो पार्टी चुनावमा सहभागी हुने स्पष्ट पारेका छन्। सोमबार बिहान भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावका लागि शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक भए पनि हालसम्म सरकारले त्यसको सुनिश्चितता गर्न नसकेको आरोप लगाए।
ओलीले भने, “हामी जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ। त्यो अवस्था अझै बनिसकेको छैन।”
सरकारले शान्ति–सुरक्षा कायम गर्न असफल भएको दाबी गर्दै उनले विभिन्न अपराधका घटना अझै जारी रहेको बताए।
झापा–५ लाई ‘इपिसेन्टर’ भनिएको विषयमा सञ्चारकर्मीको प्रश्नमा ओलीले असन्तुष्टि व्यक्त गर्दै भने, “केको इपिसेन्टर हुन्छ? वाहियात कुरा हो, कसले भन्यो?”
ओली आजै आफ्नो गृहजिल्ला झापा पुग्ने कार्यक्रम रहेको छ। उनी दमकमा अपराह्न पत्रकार सम्मेलन गर्नेछन्।
झापा–५ मा ओलीसँग काठमाडौ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) ले चुनावी प्रतिस्पर्धा गर्ने चर्चा चलिरहेको छ। बालेनले आइतबार मेयर पदबाट राजीनामा दिएका छन्।











प्रतिक्रिया