काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो ।











प्रतिक्रिया