Logo

राजनीति

विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् । केन्द्रीय समितिबाटै बोलाउँदा उपयुक्त हुन्छ भनेर अन्तिमसम्म प्रयास गर्दा पनि नसकेको कारणले बाध्यकारी भएर आफूहरूले बोलाएको उल्लेख छ ।

यस्तो छ समसामयिक राजनीतिक प्रस्ताव र विशेष महाधिवेशनको नीतिगत संकल्प

इतिहास साक्षी छ नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ ।
यस विशेष महाधिवेशन ‘कांग्रेस बदल्न’का लागि बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि हो । यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ हामी सच्चिन्छौं, हामी बदलिन्छौं र हामी सक्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरि त्यही निष्ठा, उच्च नैतिक आदर्श र समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएका थिएनन् । यसको लागि पार्टीलाई गतिशील बनाउनु पर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूति दिलाउनु पर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ । आम जनता र नवयुवामा विश्वास र आशाको किरण छर्नु पर्नेछ ।
देश र पार्टीका लागि असाधारण परिस्थितिमा हुन गइरहेको यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई केवल एउटा राजनीतिक पार्टीको रूपमा मात्र सीमित नभई लोकतन्त्रप्रति पूर्ण निष्ठावान, समाजप्रति प्रतिबद्ध जनताप्रति उत्तरदायी र स्थापनाकालीन जनमुखी आदर्शमा कृतसंकल्पित समुन्नत नेपालको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र विश्वासयोग्य शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ ।
त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुसत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न बाब हामीले संकल्पः
१. जेन–वी विद्रोह र कांग्रेसको संकल्पः
बि.सं. २०८२ साल भदौ २३ र २४ गते नवयुवा पुस्ता (जेन जी को आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतना र जागरण स्थापित गरेको छ । भाद्र २३ र २४ गते घटेका अकल्पनीय र दुःखद घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै दमन र हिंसात्मक घटनाबाट सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ । उक्त आन्दोलनले उठाएका न्यायोचित मागहरू, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र युवा पुस्ताको अर्थपूर्ण प्रतिनिधित्वको सवाललगायतलाई नेपाली कांग्रेस दृढताका साथ आत्मसात गरी देहायको संकल्प गर्दछ ।
क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन
तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानूनी कारवाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  २ : २७ बजे