काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२.४ प्रतिशत प्रतिनिधि उपस्थित भएका छन्। आयोजक समितिका अनुसार विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिले उपस्थित भएर हस्ताक्षर गरेका हुन्।
यसअघि विशेष महाधिवेशन आह्वानका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए। सोही संख्याका हस्ताक्षरका आधारमा पार्टीले विशेष महाधिवेशन बोलाएको थियो।
आयोजकका अनुसार हालको उपस्थितिले विशेष महाधिवेशनको वैधानिकता र प्रतिनिधित्व सुनिश्चित गरेको छ।










प्रतिक्रिया