काठमाडौं । नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यले विशेष महाधिवेशनको निर्णयले पार्टी विभाजनको जोखिम बढाएको भन्दै सभापति शेरबहादुर देउवालाई हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
शुक्रबार (पुस १८) सभापति देउवालाई भेटेर उनीहरूले विशेष महाधिवेशनको प्रक्रिया तत्काल रोक्दै पार्टीलाई एकताबद्ध राख्ने पहल गर्न माग गरेका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार (पुस १७) नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको मिति घोषणा गरेपछि केन्द्रीय सदस्यहरूको असन्तुष्टि सार्वजनिक भएको हो ।
भेटका क्रममा उनीहरूले क्रियाशील सदस्यता छिटो टुंग्याएर वडा तहका अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिएका छन् । एक पक्षले मात्र विशेष महाधिवेशन आह्वान गर्दा पार्टी विभाजनको अवस्था सिर्जना भएको उनीहरूको निष्कर्ष छ ।
केन्द्रीय सदस्य पुष्पा भुसालले विशेष महाधिवेशनको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै पार्टी जोगाउन सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । “विशेष महाधिवेशन एक पक्षीय रूपमा अघि बढाइँदा पार्टी विभाजनको जोखिम बढेको छ,” उनले भनिन् ।
उनीहरूले पार्टीभित्र दुई ध्रुवबीच सन्तुलन र समन्वयको भूमिका निर्वाह गर्न खोज्ने नेताहरूमाथि आक्रमण भइरहेको भन्दै त्यसप्रति पनि सभापतिको ध्यानाकर्षण गराएका छन् ।
१८ पुस २०८२, शुक्रबार
138
Shares









प्रतिक्रिया