काठमाडौं । उज्यालो पार्टी नेपालले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ ।
सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए ।
‘हाम्रो आफ्नो अस्तित्वसहितको पार्टी हो । त्यो हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ । देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । त्यो कारणले आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो र आगामि निर्वाचनको तयारी गर्ने हो । भोली के हुन्छ थाहा छैन्, तर अहिलेसम्मको हाम्रो तयारी एक्लै लड्ने हो ।’
उनले चुनावी तालमेल आवश्यकताको आधारमा हुने बताए ।
१४ पुस २०८२, सोमबार
0
Shares









प्रतिक्रिया