Logo

समाचार

सुधन गुरुङ रास्वपाको पार्टी कार्यालय पुगे



काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका छन्।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको भए पनि ऊर्जामन्त्री कुलमान घिसिङ र उनको उज्यालो नेपाल पार्टी समेटिन नसकेको विषयमा छलफल गर्न गुरुङ पार्टी कार्यालय पुगेका हुन्।

आइतबार रवि लामिछाने र बालेन्द्र शाहबीच सहमति भएको थियो। तर सो सहमतिमा कुलमान घिसिङ र उनको पार्टी सहभागी नभएपछि राजनीतिक छलफल आवश्यक भएको बताइएको छ।

यसै सन्दर्भमा सभापति रवि लामिछानेसहित पार्टीका शीर्ष नेताहरूसँग कुराकानी गर्ने उद्देश्यले गुरुङ वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेको जनाइएको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  २ : २० बजे