Logo

धर्म / संस्कृति

आजको राशिफल



मेष राशि
प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ। काममा साथ दिनेहरू पनि बढ्नेछन्।

बृष राशि
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।

मिथुन राशि
मनग्य आम्दानी भए पनि प्राप्त रकम परिस्थितिवश खर्चनुपर्ला। मिहिनेत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। अर्थ अभावले कुनै काम बीचैमा रोकिन सक्छ।

कर्कट राशि
प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।

सिंह राशि
नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्।

कन्या राशि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला।

तुला राशि
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ।

बृश्चिक राशि
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजना गोप्य राखेर अघि बढ्नुहोला, चाँडै लाभ उठाउन सकिनेछ। चुनौती चिर्दै काम बनाउने समय छ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

धनु राशि
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ।

मकर राशि
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

कुम्भ राशि
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ।

मीन राशि
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : १३ बजे