Logo

समाचार

जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन



काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ ।
वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो ।
सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको भन्दै त्यसको लागि यो प्रदर्शन गरिरहेको बताए ।
उनले भने, ‘राज्य संयन्त्रले हाम्रो आवाजहरु दबाउने प्रयास गर्नुभयो । त्यसको लागि यो प्रदर्शन गरिरहेका हौं । त्यो पद नै कस्तो हो कस्तो त्यहाँ पुगेपछि सबै एउटै हुने ।’
यस्तै, प्रदर्शनीमा सहभागी अमूल्य आचार्यले जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कला मार्फत देखाउन खोजेको बताइन् ।
उनले भनिन्, ‘जेनजी आन्दोलनले पारेको प्रभाव र असर सबैलाई समेटेर त्यसलाई कलामार्फत देखाउन खोजेका हौंं । यो प्रदर्शन आज २ बजेसम्म गर्छौ, यो जेनजीहरुको आवाज कलाबाट प्रदर्शन गरिरहेका छौ । आन्दोलन भएपछि पनि धेरै आवाजहरु दबिरहेका छन् । त्यसलाई कलाबाट सबै माझ ल्याउन खोजेका हौं ।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  २ : ०० बजे