Logo

मुख्य समाचार

यात्रुलाई हैरानी दिने बिचौलियाविरुद्ध काठमाडौंमा प्रहरीको संयुक्त अपरेसन, ७१ जना नियन्त्रणमा



काठमाडौं । यात्रुलाई अनावश्यक हैरानी दिने बिचौलियाविरुद्ध प्रहरीले काठमाडौं उपत्यकामा संयुक्त अपरेसन सञ्चालन गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका निकायबाट खटिएको प्रहरी टोलीले गत मंसिर २४ गतेदेखि अपरेसन सुरु गरेको हो । अपरेसनका क्रममा हालसम्म ७१ जना बिचौलियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष गरी काठमाडौंको नयाँ बसपार्क क्षेत्रलाई केन्द्रमा राखी यात्रुलाई दुःख, हैरानी तथा ठगी गर्ने गतिविधिविरुद्ध कडा निगरानी गरिएको छ । यात्रुको सुरक्षा र सहज यात्राका लागि यस्ता अपरेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : २१ बजे